२७ फाल्गुन २०८२, बुधबार / Wed Mar 11, 2026

‘राष्ट्र बैंकले अर्को हप्तादेखि सुरु गर्दैछ मौद्रिक नीतिको गृहकार्य’


काठमाडौं । सरकारले आउँदो हप्तादेखि मनिटरी पोलिसी (मौद्रिक नीति)को गृहकार्य गर्ने भएको छ । हालै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सरकारले ल्याउन लागेको मनिटरी पोलिसी आउँदो हप्तादेखि तयारी गर्ने गरी गृहकार्य शुरु गर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित भर्चुअल बजेट समिक्षा तथा कार्यान्वयन विषय कार्यक्रमा बोल्दै गर्भनर अधिकारीले भने, ‘हामीले आउँदो हप्तादेखि आर्थिक वर्ष २०७८/७९ को मनिटरी पोलिसीको गृहकार्य गर्ने गरी तयारी गर्ने योजना बनाएका छौं । जलका लागि पहिलो चरणमा निजी क्षेत्रका व्यवसायीहरूसँग छुट्टा छुट्टै छलफल चलाइने छ ।
उक्त छलफलबाट समेत आएको सुझावहरूलाई समेट्दै अहिलेको विषम परिस्थितिमा मुलुकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्रको पुनरुत्थान, व्यवसायिक सुरक्षा, बैंकिङ्ग प्रणाली, तरलता व्यवस्थापन, ब्याज कर्जाको व्यवस्था, वित्तीय क्षेत्रको सुधार तथा डिजिटल भूक्तानीको विकासको निरन्तरता लगायतको विषय वस्तुमा मनिटरी पोलिसी केन्द्रित हुने गर्भनर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि