‘माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु’
काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ ।
असार २१ गतेबाट पहिलो युनिटको ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले क्रमशः ६ वटै युनिट चार्ज गरी पूणर्क्षमता अर्थात् चार सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।
उत्पादित सबै विद्युत् गोंगर-खिम्ती-ढल्केबर प्रसारणलाइनमार्फत नेसनल ग्रिडमा जोडिएको छ । आयोजना उदघाटन भएको एक महिना १० दिनभित्रै सबै युनिटबाट विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाले बताएको छ ।