२३ बैशाख २०८२, मंगलबार / Tue May 6, 2025

बुडोल सामुदायिक साकोसले जिल्लास्तरीय ‘सहकारी निबन्ध लेखन प्रतियोगिता’ आयोजना गर्दै


काभ्रे । काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहि सेवा प्रदान गर्दै आएको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले २५ औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरी ‘रजत महोत्सव’ मनाउने क्रममा जिल्लास्तरीय ‘सहकारी निबन्ध लेखन प्रतियोगिता’ आयोजना गरेको छ ।
रजत महोत्सव मनाउने क्रममा काभ्रे जिल्लाभित्र माध्यमिक तहमा अध्ययरत विद्यार्थीहरुमा सहकारीप्रतिको अध्ययन, बुझाई र ज्ञान अभिवृद्धि गराउने उद्देश्यले जिल्लास्तरीय अन्तर विद्यालय ‘सहकारी निबन्ध लेखन प्रतियोगिता’ आयोजना गर्न लागिएको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रम आगामी पुस २८ गते हुनेछ । कार्यक्रममा प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार २ हजार साथै प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।


बुडोल सामुदायिक साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि