५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

काभ्रेमा एकैदिन ५० जना संक्रमित, सक्रीय संक्रमित २ सय नाघे


धुलिखेल । काभ्रेमा एकैदिन ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ ।
पनौती नगरपालिकामा मात्रै २४ घण्टाभित्र २४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले बताएको छ ।
धुलिखेल नगरपालिकामा ११, बनेपा नगरपालिकाका ८ जना, पाँचखाल नगरपालिकामा २ जना, र नमोबुद्ध नगरपालिकाबाट १ जनामा संक्रमण पहिचान भएको छ । यसैगरी, बेथानचोक गाँउपालिका र खानीखोला गाँउपालिकामा पनि १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बुधबार थपिएका ५० सहित काभ्रेमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ६ सय १९ पुगेको छ । काभ्रेमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ रहेको छ । संक्रमित मध्ये १९६ जना होम आइसोलेसनमा र ५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये धुलिखेल नगरपालिकाका सबैभन्दा धेरै ५७ जना रहेका छन् भने बनेपा र पनौतीका समान ४९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि