११ मंसिर २०८१, मंगलबार / Tue Nov 26, 2024

कर्णालीका १० वटै जिल्ला अस्पताललाई प्रारम्भ र फाउण्डेशनको सहयोग


सुर्खेत । प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ्ग डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोभिड–१९ बिरुद्दको अभियान स्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाइ २÷२ थानका दरले २० थान अक्सिजन कन्सनट्रेटर सहयोग उपलब्ध गराएका छन् ।
प्रारम्भ र फाउण्डेशनले आज कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाइ प्रदेशका १० वटा अस्पतालका लागि उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

आनी छोइङ्ग डोल्मा फाउण्डेशनकि अध्यक्ष एवं गायिका आनी छोइङ्ग डोल्मा, सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनिधि समेत रहेकी प्रारम्भ अध्यक्ष कल्पना क्षेत्रि एवं सदस्य सुनैना क्षेत्रिले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए ।
युवा व्यवसायी तथा सामाजिक अभियन्ताहरु यदु भट्टराई र मनोज पुरी सहित नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुर्खेत अध्यक्ष ललित बसेल तथा उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेल लगायतको समन्वयमा उक्त संस्थाहरूले प्रदेश राजधानी सुर्खेत पुगेर स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
कोरोना महामारीको पहिलो लहर देखिनै स्वास्थ्य सामाग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले नया भेरीएण्ट सहितको महामारी फैलिएसंगै भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, पीपीइ, अक्सिमिटर, फर्स्ट एड किट्स लगायत सामाग्री सहयोग गरिरहेको प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए ।
उनका अनुसार सरकारी तथा सामुदायिक अस्पताल, कोभिड बिसेष अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्राथमिकता दिएर राज्यले गरिरहेका गतिविधिमा सहयोग पुगोस भन्ने हेतुले दुवै संस्थाले स्वास्थ्यको क्षेत्रमा बिशेष मद्दत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि