२७ फाल्गुन २०८२, बुधबार / Wed Mar 11, 2026

काभ्रेको बेथानचोकमा पनि नेपाल प्रहरीको ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन


काभ्रे । नेपाल प्रहरीले ‘तपाईको मास्क खै ?’ अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ ।
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको प्रहरी चौकी च्याम्राङवेशी, ढुंखर्कले पनि ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य मापदण्ड पूणर् रुपमा पालना गरेर ढुंखर्क बजार क्षेत्र, नयाँ बस्ती क्षेत्र, बसपार्क क्षेत्र लगायत अन्य स्थानमा सचेतनामुलक र्‍यालीसहित मास्क वितरण गरिएको प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक हरेराम पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्र.स.नि. हरेराम पराजुलीको नेतृत्वमा ४ जना प्रहरी, बेथानचोक गाउँपालिका वडा नं. २ का वडा सदस्य नवराज केसी, १ नं. वडा सदस्य मर्दानसिं पाख्रिन लगायत स्थानीय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि