२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

‘सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्छ : अर्थमन्त्री’


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी गरिबी न्यूनिकरणमा भूमिका खेल्न आग्रह गर्नु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्नेमा जोड दिए ।

यसो भन्छन् अर्थमन्त्री जनार्दन शर्मा :

कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्, गरिबी निवारणमा सहकारीको भूमिका हुनुपर्छ । यस्ता क्षेत्रमा सहकारीको लगानी हुनुपर्छ । यदि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्ने सहकारीको काम छैन । तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन । उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना मैले बनाएको छु, त्यसमा सहयोग गर्नहोस् । सिभिल लगायतका बचतकर्ता सडकमा रोएर हिँडेका छन्, समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न केन्द्रिय संघहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि