४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

काभ्रे उद्योग वाणिज्य संघको सहकार्यमा २७० व्यवसायीले लगाए एस्ट्रोजेनेका खोप


काभ्रे । काभ्रे उद्योग वाणिज्य संघ र बनेपा नगरपालिकाको सहकार्यमा संघमा आबद्ध २७० जना व्यवसायीले एस्ट्रोजेनेका जापनीज खोप लगाएका छन् ।
उद्योग वाणिज्य संघ काभ्रेले यस अघि पनि कोभिडसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु गरिरहेको थियो । संघले व्यवसायीको हितमा कार्य गरिरहेको संघका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।
व्यवसायीहरु सबै उपभोक्ताको प्रत्यक्ष रुपमा नजिक भएर व्यापार व्यवसाय गर्नुपर्ने वाध्यताले गर्दा खोप अनिवार्य रहेको र खोप लगाउनको लागि पहल गरेको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पंछसेले बताउनुभयो ।
उद्योग वाणिज्य संग आवद्ध रहेका २००० भन्दा माथि सदस्य रहेका र पहिलो चरणमा बनेपा नगरपालिकाको सहकार्यमा २७० जनाले खोप लगाएका छन् ।
दोस्रो चरणबाट सबैलाई समेट्ने गरि सहकार्य र पहलमा गरिने महासचिव वैदारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि