३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

तेमाल अनलाइनका प्रधान सम्पादकमाथि दुव्र्यबहार गर्नेलाई कारवाही गर्न पत्रकार महासंघ काभ्रेको माग


काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर (ग्याम्जो) माथि भएको दुव्र्यवहारको विरोध गरेको छ । शाखाका सचिव कपिल कोइरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथि कार्वाहीको समेत माग गरेका छन् ।


पत्रकार डिलबहादुर थोकर (ग्याम्जो) समाचार संकलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिका कार्यालयमा पुगेर फर्कने क्रममा गाउँपालिका कार्यालय नजिकै रहेका अराजक समूहले दुव्र्यबहार गरेको थियो । ‘टेण्डरको फर्म हामीलाई नसोधी किन लिएको’ भन्दै कपोलकल्पित कुरा गरेर उहाँ माथि अभद्र व्यबहार गर्दै उक्त अराजक टोलीले मोटरसाइकलको चावी खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि