२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ


काभ्रे । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ ।
बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार विधिवत उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो । ३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ करोड ५० लाख शेयर पुँजी छ । ४५ करोड ऋण लगानी गरेको संस्थामा ४२ करोड बचत रहेको रिजालले जानकारी दिए । संस्थाको वासलास ६५ करोडको छ ।
२०६५ सालमा दर्ता भएर ४ बर्षअघि औपचारिक रुपमा कारोबार थालेको संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष १० जना विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको छ । सहकारीले एकल महिलाको लागि विना धितो २ लाखसम्म सहुलियत कर्जा उपलव्ध गराउँदै आएको पनि सचिव शान्तमणि रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि