६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

काभ्रेको नमोबुद्ध नगरमा बालबालिकाको निःशुल्क आँखा परिक्षण


काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका बालबालिकाहरुलाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परिक्षण अभियान सुरु भएको छ ।
नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा सो अभियान थालिएको हो । मंगलबारबाट सुरु भएको अभियान दुई महिनासम्म नगरका सबै वडा र टोलमा सचालन हुने बताइएको छ । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण उनीहरुको आँखामा समस्या देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको हो । अभियानको क्रममा बालबालिकामात्रै नभई युवा र वृद्धवृद्धाको पनि आँखा परिक्षण हुने बताइएको छ ।

अभियानको उद्घाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सो भन्छन् :

अनलाइन क्लासका कारण बालबालिकाको आँखामा समस्या देखिन थालेकाले त्यसलाई न्यूनिकरण गर्न अभियान थालिएको हो । नगरबासीको स्वास्थ्य समस्या समाधानका लागि नगरपालिका गम्भीररुपमा लागिपरेको छ । यो अभियानबाट सबै नगरबासी लाभान्वित हुने अपेक्षा मैले गरेको छु । यही बर्ष नगरपालिकाले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क रुपमा कान सुन्ने मेसिन उपलव्ध गराउनेछ । विद्यालय जाने बालबालिकाको निःशुल्क बिमा गराउने तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारिएको छ । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले सक्रियरुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि