५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

बाढीले बनेपाको पुलबजार वर्षेनी डुबानमा, नियन्त्रणका लागि बनेनन् ‘दीर्घकालीन योजना’


काभ्रे । आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा ठुलो बाढी आएको छ । जसका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण केही समय अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको थियो ।
पुलबजार क्षेत्रमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ ।
स्थानीय तहले पनि बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन सकेको छैन ।
बनेपा पुलबजार क्षेत्रको बाढी नियन्त्रण हुनका लागि पुण्यमाता करीडोर निर्माण हुनुपर्ने जानकारहरु बताउँछन् । तर स्थानीयको अवरोधकै कारण उक्त करोडोरले गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि