यु एम साकोसको आठौं सेवा केन्द्र सिपाघाटमा

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय भएको यु एम साकोसले आफ्नो आठौं सेवा केन्द्र मण्डनदेउपुर नगरपालिकाको सिपाघाटमा स्थापना गरेको छ ।
एक विशेष कार्यक्रमका बीच मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबाले सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्य, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष जितेन्द्र नकर्मी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यालय बनेपामा रहेको संस्थाले काभ्रे र सिन्धुपाल्चोकलाई कार्यक्षेत्र बनाएर सदस्यहरुलाई सेवा दिँदै आएको छ ।
काभ्रे र सिन्धुपाल्चोकका सदस्यहरुलाई सेवा पहुँच पुर्याउन सिपाघाटका सेवा केन्द्र स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नगरपालिकासँग सहकार्य गरेर कृषि र लघु उद्यमलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नेछौं ।’
