९ माघ २०८२, बिहिबार / Thu Jan 22, 2026

अखिल (क्रान्तिकारी) काभ्रेको जिल्ला अध्यक्षमा विजय लामा र उपाध्यक्षमा निर्मला गौतम


काभ्रे । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलन बनेपामा सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनले विजय लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्षहरुमा निर्मला गौतम, विश्वनाथ अधिकारी, सिर्जना दोङ, दिर्जा लामा, उर्मिला लामा, सचिवमा विवस लामा, सह-सचिवमा रचना शर्मा तिमल्सिना, कोषाध्यक्षमा विकास लामा लाई निर्वाचित गरेको छ । बिजय लामाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ ।
जिल्ला अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तामाङको प्रमुख आतिथ्यतामा रहेको थियोे, पाटि जिल्ला इन्चार्ज सूर्यमान दोङ, जिल्ला संयोजक रुकु चौंलागाईं, प्रदेश कमिटि सचिवालय सदस्य दिननाथ गौतम, प्रदेश कमिटी सदस्य रत्न ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि