एक्सप्रेस साकोसको १३ औं बार्षिक साधारण सभा तथा वार्षिक उत्सव सम्पन्न
काभ्रे । काभ्रे जिल्लाको बनेपामा रहेका एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा संचालन सम्बन्धि निर्देशनको बुँदा नं. ४ लाई पालना गर्दै संस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष देवसागर लामा लगायत समिती तथा उपसमितिका पदाधिकारीहरुको उपस्थिीमा २०७८ भाद्र १७ गते देखि २३ गतेसम्म संस्थाको कार्यालयमा नै सामाजिक दुरी कायम गरी सदस्यहरुलाई बार्षिक प्रगति पुस्तिका उपलब्ध गराउँदै तथा अन्तरक्रिया गर्दै ७ दिनसम्मको अवधिसम्म १६०७जना सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न गरेको थियो ।
सदस्यहरुले प्रतिवेदनको अध्ययन गरी विषयहरु उपर दिईएको सल्लाह सुझाव र प्रतिक्रियालाई संकलन गर्दै साधारण सभा निणर्य पुस्तिका तयार पारिने अध्यक्ष लामाले बताए ।
संस्थाले १२ औ वर्षलाई सफल तापूर्वक पार गरि १३ औ वर्षको यात्रामा प्रवेश गर्दै गर्दा धेरै सदस्यहरुको सद्भाव र विश्वास प्राप्तगरि संस्था २२.७२ करोडको सम्पत्ति तथा दायित्वमा पुग्न सफल भएको छ । संस्था संस्थागत लगायत अन्य कोष वृद्धिमा ४.९४ प्रतिशत पुर्याउन सफल भएको छ । बचत तथा ऋणमा १७.६६ करोड बराबरको कारोबार भएको छ भने कर्जा नोक्सानी ब्यबस्थाम जम्मा ऋण लगानीको ५% अर्थात ८८.३४ लाख बराबर ब्यबस्था गर्न सफल भएको छ । यस आ.व.मा संस्थाले ५९ लाख २७ हजार बचत गर्न सफल भएको छ । संस्थाको अन्य करहरु बाहेक नाफाबाट मात्र करमा योगदान ३.०४ लाख बराबरको रहेको छ । यथासंभव नियम कानुन र सहकारी ऐनलाई पालना गर्दै सदस्य सेवा र सुविधाको क्षेत्रमा अगाडी बढ्ने अध्यक्ष लामा बताएका छन् ।
कारोना भाईरसको प्रतिकुल परिस्थितीमा पनि संस्थाले सदस्यहरुको लागि प्रवाह गर्न सकेको सेवा सुविधा र सदस्यहरुले पनि संस्थाप्रति देखाउँनु भएको माया र विश्वास अतुलनीय रहेको साथै वित्तिय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीयस्त्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।