सिड नेपाल बहुउद्देश्यीय सहकारीको २० औं साधारण सभा सम्पन्न, अध्यक्षमा रेशम नेपाली
काभ्रे । बनेपाको नालामा रहेको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट संचालक समिति र लेखा तथा सुपरीवेक्षण समितिमा विभिन्न व्यक्तिहरु चयन भएका छन् ।
सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सिड मिनीमार्ट पनि सञ्चालन गरिरहेको छ ।
बनेपा क्षेत्रका युवा उद्यमीहरुलाई उद्यमशील बनाउनका लागि प्रत्येक बर्ष आठ प्रतिशतमा दिईने युवा स्वरोजगारको रकम समेत सिड नेपाल पनि प्रवाह भईरहेको छ ।
सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सिड नेपालको आफ्नै अस्पतालबाट नालाबासीलाई सुविधा दिँदै आएको छ ।
बिसौँ साधारण सभाबाट रेशम नेपालीको अध्यक्षतामा सञ्चालन समिति गठन भएको छ । उपाध्यक्षमा रामदेवी श्रेष्ठ, सचिवमा राजन श्रेष्ठ, कोषाध्यक्षमा नवराज श्रेष्ठ, सहसचिवमा कृष्णकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा मिनप्रसाद पोडे, सदस्यहरुमा भीमदेवी श्रेष्ठ, कृष्ण प्रजापति, विरचन्द्र श्रेष्ठ, राजु बजगाईं, विष्णुप्रसाद बजगाईं निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजाराम दाहाल, सदस्यहरुमा गंगालाल श्रेष्ठ र नवराज भण्डारी निर्वाचित भएका छन् ।