पिपुल्स साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
२०७८ भाद्र १९ गते देखि असोज २ गते सम्म संचालन गरिएको उक्त सभा अन्तर्गत मिति २०७८ भाद्र १९ गते पहिलो दिन संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा भौतिक दूरी कायम गर्दै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार, संचालक समिति, लेखा समिति र उप समितिका पदाधिकारी, कर्मचारी र प्रतिनिधि सदस्यहरु समेतको उपस्थितीमा बनेपा-८ स्थित पञ्चकन्या बेन्क्वटमा समुद्घाटन गरिएको थियो ।
सहकारी विभागको मिति २०७७/०६/०१ गतको संस्थाको साधारण सभा सम्बन्धि सूचनाको बुदाँ नं ७ संस्थाको “महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७”अनुसार कार्यक्रम संचालन गरिएको संस्थाले बताएको छ । संस्थाका कोषाध्यक्ष सन्तोषकुमार घिमिरेद्धारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कणर्जीतले राख्नु भएको थियो । सभामा छोटो मन्तव्य राख्ने क्रममा प्रवन्धक नवराज सापकोटा प्रमुख सल्लाहकार श्री नवराज के. सी.ले यो विषम परिस्थिती र साधारण सभाको गरिमा माथि प्रकाश पार्नु भएको थियो । प्रशिक्षणात्मक सो सभामा प्रमुख अतिथि दिलिप शर्माबाट सहकारीको इतिहास र वर्तमान, सहकारीको महत्व, यसका व्यापक क्षेत्र तथा उपयोगिता माथि प्रस्तुति गर्नु भएको थियो ।
अन्तमा सभाका सभापति एवं संस्थाका अध्यक्ष निरन शाक्यबाट सहकारीको उद्देश्य, सदस्य केन्द्रित निरन्तर सेवा, यस्तो विषम परिस्थितीमा पनि संस्थाले उपयुक्त लक्ष्य हासिल गर्न सफल रहेको र अझ भविष्यमा सफल हुने विश्वास गर्दै सो उद्घाटन सत्र समापन गरिएको थियो । सम्पूणर् पनौती भेगका सदस्यका लागि संस्थाका सेवा केन्द्र, पनौतीबाट १० दिन सहभागिता दर्ता गर्ने व्यवस्था गरिएकोे साथै जेष्ठ नागरिक, अशक्त, अपाङ्ग एवं गर्भवती महिलाका लागि संस्थाको सेवा कार्यालय बनेपा-८,चाँदनीचोकबाट समेत दर्ता गरियो । त्यस्तै संस्थाको मुख्य कार्यालय बनेपा-१०, सेतोपाटिचोकबाट उपस्थित नाम दर्ता १२ दिन, बिहान १०ः०० बजे देखि नै गर्ने व्यवस्था मिलाइएको संस्थाका प्रबन्धक नवराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तिम दिन २०७८ असोज २ गते, बन्द सत्र सुभारम्भ सभाका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष निरन शाक्यबाट भएको थियो, सो बन्द सत्र कार्यक्रम संचालन संस्थाका सचिव देवेन्द्र श्रेष्ठले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कणर्जीतले राख्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सचिव देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सन्तोष कुमार घिमिरे, लेखा समिति संयोजक रजिव श्रेष्ठ, सहकारी शिक्षा तथा समाज कल्याण उप-समिति संयोजक द्वारीका गौतम र महिला सशक्तिकरण तथा बाल विकास उप-समिति संयोजक मञ्जु कायस्थले गर्नु भएको थियो ।
बार्षिक उत्कृष्ट विधा अन्र्तगत १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई एवं उत्कृष्ट कर्मचारीमा आफ्नो जिम्मेवारी पुरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउने सहायक एलिना सुवाललाई सो समारोहमा सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०७७।७८ सम्मा पिपुल्स साकोसमा आबद्ध ५५८८ सदस्यहरुले संस्थाबाट उत्पादित १६ प्रकारका बचत योजनाहरुमा सहभागी भई निरन्तर बचत गरिरहनुका साथै ५५० जना शेयर सदस्यले विभिन्न शिर्षकमा ऋण प्राप्त गरी उद्देश्य अनुरुप आप्mनो उद्यम, व्यापार व्यवसाय संचालन गरी आर्थिक उपार्जनमा ऋण रकम उपयोग गरिरहेको संस्थाका प्रबन्धक सापकोटाले जानकारी दिनुभयो । संस्थामा ११ जनाको संचालक समिति, लेखा समिति, १० वटा उप-समिति, २ वटा कार्यदल र १४ जना कर्मचारीहरुले सेवा प्रदान गरिरहेका छन् । संस्थाको २ करोड ५७ लाख ८२ हजार ९ सय शेयर पूँजी रहेको छ ।