उग्रतारा बहुउद्देश्यीयको १८ औं वार्षिक साधारण सभा सम्पन्न, ‘कुल सम्पत्ति ८५ करोड माथि’
काभ्रे । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अशोज ६ देखि शुरु गरेर ९ गते संस्थाको साधारणसभा संस्थाका अध्यक्ष पूणर् प्रसाद पलाञ्चोकेको अध्यक्षतामा समापन गरिएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट सचिव दियेसरत्न शाक्यद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीद्वारा प्रस्तुत आिर्थक प्रतिवेदन तथा लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तिराज कायस्थद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो ।
संस्थाले आर्थिक बर्ष २०७७।०७८ अन्त्यसम्मा कुल सदस्य २ हजार ४७७ कुल र शेयरपुँजी ५ करोड २५ लाख २८ हजार, कुल बचत ७३ करोड ३० लाख १० हजार, कुल कर्जा सापट ५६ करोड ३० लाख ३९ हजार गरेको छ । त्यस अवधिमा संस्थाको कुल आम्दानी ९ करोड ३१ लाख ६२ हजार, कुल खर्च ७ करोड ५६ लाख ७३ हजार भएको छ । संस्थाको कुल सम्पति ८५ करोड ८६ लाख ८३ हजार पुगेको छ ।
सभाको अवसरमा बोल्दै अध्यक्ष पलाञ्चोके कोभिड महामारी र त्यसबाट बच्न गरिएको बन्दाबन्दीले सबै क्षेत्रमा असर गरेको भएता पनि संस्थाको सूचकहरु निरन्तर वृद्धिको क्रममा रहेको भन्दै संस्थाले आगामी दिनमा उत्पादनशील क्षेत्रमा कारोबारलाई बृद्धि गर्दै लैजाने बताउनुभएको थियो । बहुद्देश्यीय प्रकृति अनुरुपको कारोबार गर्ने सिलसिलामा विशिष्टिकृत सहकरी संघ लि को शेयरमा लगानी गरेको उहाँले बताउनुभएको थियो ।
सभालाई संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले सहजिकरण गर्नुभएको थियो ।