६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

सामूहिक साकोसको २३ औं वार्षिक तथा एकीकृत साधारण सभा सम्पन्न


भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले साविक बुद्ध साकोस र साविक समता साकोससंगको एकीकरण पश्चात हिजो संस्थाको २३ औँ वार्षिक तथा एकीकृृत साधारण सभा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न गरेको छ ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि। भक्तपुरका संचालक सहना पसखल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का संचालक कृष्णेश्वरी प्रजापति र संस्थापक अध्यक्ष श्याम प्रसाद मुनंकर्मी अतिथि रहेको थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजाभाई भेलेले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले विशेष गरी एक्सेस तथा प्रोवेशनमा सहभागी संस्थाहरुले विश्वको अर्थतन्त्रमा कस्तो परिवर्तनहरु भइरहेको छ, सोको खोज तथा अनुसन्धान गर्दै सोही अनुसार अघि बढ्नका लागि आजैबाट तयारी गर्दै जानुपर्ने बताए ।
अतिथि कृष्णेश्वरी प्रजापतिले हरेक नागरिकले समुदायमा आधारित संस्थामा मात्र सदस्य बन्नुपर्ने र सहकारीको रकम सहकारीमा नै रहन दिनका लागि सहकारी संस्थाहरुले पनि सहकारी संघहरुमा बचत गर्नुपर्ने भनाई जनाईन । त्यसैगरी अतिथि सहना पसखलले सहकारी संस्था र अन्य वित्तीय संस्था विचको भिन्नतालाई प्रष्ट पार्दै समुदायमा आधारित र समुदायकै व्यक्तिबाट नीति नियममा रही संचालित सहकारीमा सदस्य बन्नुपर्ने भनाई राखिन ।
उत्कृष्ट बचत कर्तामा सदस्य विश्वराम देशेमरु, असल ऋणीमा सदस्य मधुसुदनलाल होरा र आ.व. २०७७।०७८ का उत्कृष्ट कर्मचारीमा सुमनदास कारञ्जितलाई प्रमुख अतिथि पौड्यालले सम्मान पत्र तथा पुरस्कार वितरण प्रदान गरेका थिए । पहिलो चरणको कार्यक्रमपश्चात मुख्य सत्रको कार्यक्रममा संस्थाका पदाधिकारीहरुवाट प्रस्तुत प्रतिवेदनहरुमा छलफल तथा अनुमोदन गरी पारित गरिएको छ । उक्त सभाबाट आ.व. २०७८।०७९ का लागि रु. ८५,४१,४३,००० को कुल कारोबार हुने बजेट पारित गरिएको संस्थाले जनाएको छ ।
तेश्रो चरण अन्तर्गतको निर्वाचन कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक तथा संस्थाका कानूनी सल्लाहकार शशीचन्द्र मिश्रवाट एकीकरण पछिको एकीकृत साधारणसभामा आगामी २ वर्षका लागि निर्विरोध निर्वाचित १३ जना संचालक र ३ जना लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको अन्तिम नामावली घोषणा गरेका थिए । धनेशराज राजोपाध्याय अध्यक्ष, राजाभाई भेले उपाध्यक्ष, कृष्णहरि सैँजु सचिव, अशोकरत्न शाक्य कोषाध्यक्ष गरि जम्मा १३ जनाको संचालक समिति र नित्यनाथ श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरीवेक्षण समितिलाई आगामी २ वर्षका लागि निर्वाचित भएकोमा बधाई दिँदै सामूहिक रुपमा शपथ ग्रहण गराई मिश्रले निर्वाचन कार्यक्रम समापन गराएका छन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि